एनआईसी एशिया बैंक र सुर्या लाईफ इन्स्योरेन्सबीच बैंकास्योरेन्स सम्झौता

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले सुर्या लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडसँग बैंकास्योरेन्स सम्झौता गरेको छ ।  उक्त सम्झौतापत्रमा बैंकको तर्फबाट बैंकका का.मु.प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपाने र इन्स्योरेन्स कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डेले हस्ताक्षर गरेका छन् ।

यस सम्झौता अनुसार ग्राहकहरुले बैंकको जुनसुकै शाखाहरुबाट उक्त इन्स्योरेन्सको बीमा पोलिसीहरु किन्न सक्नेछन् । हाल बैंकले २३२ शाखा कार्यालयहरु, २२० एटिएम, १४ वटा एक्सटेन्सन काउण्टर एवं १५ वटा शाखारहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

जेठ १८ ‘सिइओ कन्फरेन्स’ हुने

काठमाडौँ । नेपाल व्यवस्थापन संघले जेठ १८ शुक्रवार सिइओ कन्फरेन्स आयोजना गर्ने भएको छ । …

प्रतिकृया दिनुहॊस

This will auto close after