सुनचाँदीको मूल्य बढ्यो, तोलाको कति पुग्यो ?

काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्य ३०० ले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मगंलबार सुनको मूल्य तोलामा ३०० ले बढेर प्रतितोला ९१ हजार ६०० रुपैयाँ कायम भएको हो ।

त्यसैगरी, तेजाबी सुन प्रतितोला ९१ हजार १०० रुपैयाँ कायम भएको छ । त्यस्तै मंगलबार चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँले बढेको छ । मंगलबार चाँदीको मूल्य प्रतितोला १२३० रुपैयाँ कायम भएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री