काठमाडौँ उपत्यकामा ‘स्मार्ट लकडाउन’को तयारी

काठमाडौँ । काठमाडौँ उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठक बस्दैछ । कोभिड-१९ महामारीको नयाँ स्वरूप ओमिक्रोनको संक्रमण बढ्न थालेपछि आवश्यक निर्णय लिन काठमाडौँ, भक्तपुर र ललितपुरका प्रजिअहरुको बैठक बस्न लागेको हो ।

बैठकले कोभिड-१९ को संक्रमण रोकथामका लागि आवश्यक निर्णय लिने भक्तपुरका प्रजिअ रुद्रादेवि शर्माले जानकारी दिइन् । उनकाअनुसार बैठक भौतिक उपस्थितिमै गर्ने कि भर्चुअल माध्यमबाट गर्ने भन्ने विषयमा आन्तरिक छलफल भइरहेको छ । काठमाडौँका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजाललाई कोरोना संक्रमण भएकाले बैठक भर्चुअल माध्यमबाट गर्ने तयारी भइरहेको उनको भनाई छ ।

कोभिड-१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसी)ले कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण गर्न ‘लकडाउन’ लगायत सबै किसिमका प्रतिकार्य योजना लागू गर्ने अधिकार प्रमुख जिल्ला अधिकारीलाई दिएको छ । यही अधिकार प्रयोग गर्दै उपत्यकामा ‘स्मार्ट लकडाउन’ गर्ने तयारी भइरहेको बुझिएको छ । जिल्ला प्रशासन कार्यालयबाट प्रदान गरिने अत्यावश्यकबाहेकका सेवाहरू ‘आलोपालो’ प्रदान गर्ने विषयमा छलफल भइरहेको भक्तपुरमा प्रजिअ शर्माले बताइन् ।

तत्काललाई मास्क, सेनिटाइजरको प्रयोग, अनावश्यक भिडभाड नियन्त्रण र सचेतनासँगै खोपमा प्रशासनले जोड दिएको छ । ‘संक्रमणको दर बढेको हुनाले मन्त्रालयसँग समन्वय गरेर कसरी अघि बढ्ने भन्ने निर्णय लिन्छौँ,’ प्रजिअ शर्माले भनिन्, ‘अवस्था हेरेर उपत्यकामा स्मार्ट लकडाउन गर्नेबारे निर्णय हुनसक्छ ।’

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

उपेन्द्र यादवले दिए निर्वाचन आयोगविरुद्ध सर्वोच्चमा रिट

काठमाडौं । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले निर्वाचन आयोगविरुद्ध सर्वोच्च अदालतमा रिट दायर …

प्रतिकृया दिनुहॊस