हिमालयन बैंक लिमिटेडले शहिद स्मारक ए डिभिजन फुटबल प्रतियोगितामा सहभागी हुन न्यूरोड स्थित संकटा क्लबलाई दश लाख रुपैयाँ प्रदान गरी प्रायोजन गरेको छ ।
बैंकले सो रकम खेलाडीहरुको खेल तयारी तथा खेलमा आवश्यक पर्ने सर–सामान खरिद गर्न उक्त क्लबलाई मद्दतस्वरुप प्रदान गरेको हो। बैंकले विगतदेखि नै देशमा विभिन्न खेलकुद तथा खेलाडीहरुको विकास र प्रवर्द्धनमा योगदान प्रदान गर्दै आएको छ।
बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत अशोकशम्शेर राणाले सो रकम एक समारोहकाबीच संकटा क्लबका महासचिब रमेशध्वज बस्नेतलाई हस्तान्तरण गरेका थिए। उक्त समारोहमा महाप्रबन्धक अनुप मास्के लगायत अन्य वरिष्ठ पदाधिकारीहरुसहित संकटा क्लबका अध्यक्ष इन्द्रमान तुलाधर लगायत अन्य प्रतिनिधिहरुको उपस्थिति रहेका थियो।
तपाईंको प्रतिकृया




