कामना सेवा विकास बैंक लिमिटेड र एमओसिओ एपबीच FOCUSONE Payment Solutions को डिजिटल वालेट सुविधा आदान प्रदान गर्ने गरी साझेदारी पत्रमा हस्ताक्षर सम्पन्न भएको छ। उक्त साझेदारी पत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेत र FOCUSONE Payment Solutions का प्रमुख कार्यकारी अधिकृत प्रणय राजभण्डारीले संयुक्तरुपमा हस्ताक्षर गरे।
एमओसिओे एप नेपालमा पहिलो ’ओपन लुप नन–स्टोर भ्यालु’ डिजिटल वालेट हो जसमा ग्राहकहरूले सजिलै आफ्नो कार्डको विवरण राखी तुरुन्तै क्युआरकोडको माध्यमबाट विभिन्न मर्चेन्ट आउटलेटहरूमा पेमेन्ट गर्न सक्नेछन् । कामना सेवा विकास बैंक लिमिटेडका भिसा कार्ड प्रयोगकर्ताहरूले अब एमओसिओ एपमा आफ्नो डेबिट कार्ड लिंक गरी खरीद तथा विभिन्न सेवाहरूको भुक्तानीको लागि प्रयोग गर्न सक्नेछन् – जस्तै टेलिकम टप–अप, इन्टरनेट र बिजुलीको बिल, आदि । यो सेवा लिन डिजिटल वालेटमा ग्राहकहरूले पटक–पटक ब्यालेन्स लोड गरी रहन पर्दैन ।
काठमाडौं –३०, ज्ञानेश्वरमा केन्द्रीय कार्यालय रहेको बैंकले देशका विभिन्न भागहरुमा १२९ वटा शाखा, १ Extension Counter र १ शाखारहित बैंकिङ सेवा तथा ७७ वटा एटिएममार्फत ग्राहकहरुलाई आफ्नो सेवाहरु प्रदान गर्दै आएको छ। साथै बैंकले ABBS, SMS Banking, Mobile Banking, C-ASBA लगायतका माध्यमबाट समेत सम्पूर्ण बैंकिङ्ग सेवाहरु उपलब्ध गराउँदै आएको तथा समय सापेक्ष आफ्ना सेवाहरु थप गर्दै जाने बैंकको योजना रहेको छ।




