डा. केसीको अनसन २४ दिनमा,अहिलेसम्मकै लामो

काठमाडौँ । डा. गोविन्द केसी पछिल्लोपटक अनशन बसेको  २४ दिन भएको छ । केसीको आन्दोलन अहिलेसम्मकै लामो  भएकाे छ ।यसअघि ११ औं अनसनका क्रममा डा. केसी २३ दिन लामो अनसन बसेका थिए ।

उनले गत वर्ष साउनमा २३ दिन लामो अनसन बसेका हुन् । तर त्यसबेला प्राकृतिक विपद् आएको भन्दै उनले २३ दिनमा आफ्नो अनसन अचानक स्थगित गरेका थिए । त्यो नै उनको अहिलेसम्मको सबैभन्दा लामो अनसनको रेकर्ड हो ।

सरकार मागप्रति संवेदनशील नभएको भन्दै डा. केसी पक्षले पूर्ण म्यान्डेडसहितको वार्ता टोली गठन गर्न सरकारसित माग गरिरहेको छ । हाल गठित वार्ता टोलीसित समेत डा. केसी पक्षले वार्ता गर्न इन्कार गरेका छन् । अनशन लम्बिएपछि केसीको स्वास्थ्यमा देखिएको जटिलता थप गम्भीर बन्दै जाने चिकित्सकहरुले बताएका छन् । सरकार उनका मागमा गम्भीर नभएको भन्दै दिनहुँ प्रदर्शन भईरहेको छ ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

सामाजिक सञ्जालबाट अर्काको चरित्र हत्या गरेको भन्दै धनगढीकी जानकी पक्राउ

काठमाडौं । सामाजिक सञ्जालमार्फत चरित्र हत्या गरेको अभियोगमा एक महिलालाई प्रहरीले पक्राउ गरेको छ । …

प्रतिकृया दिनुहॊस