काठमाडौं । बलिउडको प्रतिष्ठित जी सिने अवार्डको नयाँ संस्करण नेपालमा हुने भएको छ । डिसेम्बर पहिलो साता हुने भनिएको अवार्डका लागि भैंसेपाटी वा गट्ठाघरमा पाँच हजार दर्शक क्षमताको अस्थायी संरचना निर्माण गरिने छ । नेपालमा अन्तर्राष्ट्रियस्तरको कार्यक्रम आयोजना गर्न ठुला भवन नभएकाले यो संरचना निर्माण गरिन लागेको हो । अवार्डमा बलिउड सेलिब्रिटीका साथै नेपाली सेलिब्रिटी पनि सहभागी हुनेछन् ।
केही समयअघि प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणमा दुई कलाकारहरु राजेश हमाल र दिनेश डिसीलाई सामेल गरिएको थियो ।
सो भ्रमणका क्रममा जी टिभीका मालिक तथा भारतीय राज्य सभा सदस्य डा. सुभाश चन्द्रले नेपालमा जी सिने अवार्ड आयेाजना गर्ने इच्छा नेपाली कलाकारहरुमार्फत प्रधानमन्त्रीमा पुर्याएका थिए । प्रधानमन्त्री ओली तत्काल यसमा सकारात्मक बनेका थिए ।
जि सिने अवार्डभन्दा अगाडि त्यही भवनमा पर्यटन तथा संस्कृति मन्त्रालयको आयोजनामा ‘हिमालयन कन्क्लेभ’ आयोजना हुने भएको छ ।
जी टिभीका मालिक सुभाष चन्द्रले यस वर्षदेखि जी सिने अवार्डमा ‘बेस्ट नेपाली फिल्म’ विधा समेत थप्ने जानकारी दिएका छन् । यो विधाले विश्वमा नेपाली चलचित्रलाई चिनाउन महत्वपुर्ण योगदान पुग्ने विश्वास गरिएको छ ।
विश्वका विभिन्न देशमा आयोजना हुँदै आएको ८० करोड दर्शकले हेर्ने अनुमान गरिएको यो अवार्ड नेपालमा आयोजना हुँदा नेपालको पर्यटन विकासमा सहयोग पुग्ने दिनेश डिसीले बताए । सन् २०२० मा भिजिट नेपाल पनि मनाइँदै छ ।
प्रतिकृया दिनुहॊस