जर्मनी चिलीसँग भिड्दै

कनफेडेरेसनकपको फाइनल विश्वकप विजेता जर्मनी र कोपा अमेरिका च्याम्पियन चिलीबीच हुने भएको छ । प्रतियोगिताको बिहीबार राति भएको दोस्रो सेमिफाइनलमा जर्मनीले मेक्सिकोलाई ४–१ ले हरायो ।

लियोन गोरत्ज्काले सुरुआती आठ मिनेटमा दुई गोल गरेपछि जर्मनीले सोचीमा भएको खेलमा सहज जित निकालेको हो । जर्मनीका लागि टिमो वेरनर र आमिन योनेसले पनि गोल गरे ।

मेक्सिकोको तर्फबाट मार्को फाबिनले एक गोल फर्काए । फाइनल आइतबार सेन्ट पिटरसबर्गमा हुनेछ । यसअघि पोर्चुगल र मेक्सिकोले तेस्रो स्थानका लागि खेल्नेछन् । पहिलो सेमिफाइनलमा चिलीले पोर्चुगललाई हराएको थियो ।

कान्तिपुरबाट

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

नेपालको लगातार तेस्रो हार, वेस्ट इन्डिजलाई एक खेल अगावै सिरिज उपाधि

काठमाडौँ । नेपाल वेस्ट इन्डिज ए सँग लगातार तेस्रो खेलमा पराजित भएको छ । विहिबार …

प्रतिकृया दिनुहॊस