मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु

इनरुवा । सुनसरीको इटहरी उपमहानगरपालिका‍-२० स्थित पानीपिया जङ्गलमा दुर्घटनामा परेर गए राति दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सङ्खुवासभा खाँदबारी नगरपालिका-७ का २२ वर्षीय अबि राई र मोरङ सुन्दरहरैचा-५ का २७ वर्षीय सन्तोष राई रहेको सुनसरीका प्रहरी नायब उपरीक्षक नरेन्द्रकुमार कार्कीले जानकारी दिए ।

कोसी लोकमार्ग अन्तर्गत दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको को २७ प २१९ नंको मोटरसाइकललाई विपरीत दिशाबाट आउँदै गरेको प्रदेश १०२००१ ख ८१९६ नंको बसले ठक्कर दिँदा मोटरसाइकलमा सवार दुवै जना गम्भीर घाइते भएका थिए ।

गम्भीर घाइते भएका दुवै जनालाई उपचारका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएकामा उपचारका क्रममा मृत्यु भएको सुनसरीका प्रहरी नायब उपरीक्षक कार्कीले जानकारी दिए । सवारीसाधन र बस चालक इटहरी-४ का ४४ वर्षीय टीकाराम चौधरी प्रहरीको नियन्त्रणमा छन् । -रासस

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री