एजेन्सी । अमेरिकाको फिलाडेल्फिया शहरको एक भवनमा आगलागी हुँदा आठ बालबालिकासहित १२ जनाको ज्यान गएको छ । दुई जना घाइते भएका छन् ।
भवनमा २६ जना बस्दै आएका थिए । आगलागीका बेला भवनमा रहेका अरु आठ जनाले भागेर ज्यान जोगाएका छन् । आगलागीको समयमा बज्ने सङ्केत घडीले काम नगरेपछि आगो निभाउन ढिलाइ भएको उद्धारकर्मीले जनाएका समाचार संस्था एपीले जनाएको छ ।
विद्युत् सर्ट भइ आगलागी भएकोे हुनसक्ने प्रारम्भिक अनुमान गरिएको छ । आगलागीका कारण भवनको धेरैजसो भागमा क्षति भएको छ ।
प्रतिकृया दिनुहॊस