सरकारले तोक्यो उखुको मूल्य, अब कति पुग्यो ?

काठमाडौं । मन्त्रिपरिषद्को बुधबारको बैठकले उखुको समर्थन मूल्य प्रतिक्विन्टल ५९० रुपैयाँ तोकेको हो । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमार्फत कृषि मन्त्रालयले पेस गरेको मूल्य मन्त्रिपरिषदले अनुमोदन गरेको हो ।

यसपालिको मूल्य गत वर्षभन्दा करिब ४६ रुपैयाँ बढी हो । सरकारले गत आर्थिक वर्ष २०७७/७८ का लागि उखुको मूल्य प्रतिक्विन्टल ५४४ रुपैयाँ ३३ पैसा तोकेको थियो ।

तर यसपटक किसानले उखुको मूल्य प्रतिक्विन्टल ६५० रुपैयाँ माग गरिरहेका थिए । निर्धारित समर्थन मूल्य ५९० रुपैयाँमध्ये किसानलाई उद्योगीले ५२० रुपैयाँ र सरकारले ७० रुपैयाँ अनुदान उपलब्ध गराउने छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री