मौसम पूर्वानुमान: केही प्रदेशमा वर्षाको सम्भावना

हाल नेपालमा पश्चिमी वायुको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। सुदूरपश्चिम, कर्णाली, गण्डकी, लुम्बिनी तथा बागमती प्रदेशमा सामान्यदेखि पूर्णतया बदली रही बाँकी भू-भागमा आंशिकदेखि सामान्य बदली रहेको छ।

आज देशभर सामान्य बदली रहने महाशाखाले जनाएको छ। देशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको सम्भावना र सुदूरपश्चिम, कर्णाली, गण्डकी, लुम्बिनी तथा बागमती प्रदेशका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

त्यस्तै शुक्रबार देशभर सामान्य बदली रहने छ। देशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको सम्भावना र सुदूरपश्चिम, कर्णाली, गण्डकी, लुम्बिनी तथा बाग्मती प्रदेशका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

 

 

बारेमा प्रदिप नेपाल

यॊ पनि हेर्नुहॊस

बीआरआइबारे निर्णय लिन छलफलमा कांग्रेसका शीर्ष नेताहरू

काठमाडौं । सत्तारुढ ठूला दलहरू नेकपा एमाले र नेपाली कांग्रेसबीच बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआइ) …

प्रतिकृया दिनुहॊस