विद्रोही समूह बोको हरामले अपहरण गरेका २१ छात्रा सकुशल मुक्त

एजेन्सी । अफ्रिकी मुलुक नाइजेरियामा सेनाले बिद्रोही समुह बोको हरामले नियन्त्रणमा लिएको केही घण्टामा नै २१ विद्यार्थीको सकुशल उद्धार गरेको छ ।

नाइजेरियाको कटसीना राज्यको बकुरा क्षेत्रमा रहेको इस्लामिक विद्यालयका २१ छात्राहरुलाई हतियारधारी समूहले अपहरण गरेको थियो । त्यस लगत्तै सेनाले बोको हरामको हतियारधारी समूहको क्याम्पमा हवाई हमला गरेपछि उनीहरुले २१ छात्रालाई मुक्त गरेको हो ।

यसैबीच, नाइजेरियाको काडुना प्रान्तमा एक हतियारधारी समूहले ६ जना सर्वसाधारणको बिभत्स हत्या गरेको नाइजेरियाका अधिकारीहरुले बताएका छन् । सो घटनाको जिम्मेवारी भने कसैले लिएको छैन ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री

5

बराह एग्रो फुड्सद्वारा शतप्रतिशत प्राकृतिक ‘बराह मोरिङ्गा’ सार्वजनिक : महिला उद्यमशीलता, युवा स्वरोजगार र ग्रामीण अर्थतन्त्र सुदृढ बनाउने लक्ष्य