एनएमबी बैंक र हिमालय दृश्य होटेल धुलिखेलबीच सम्झौता भएको छ। सम्झौता अनुसार एनएमबी बैंकका ग्राहकहरूले खानामा १० प्रतिशत तथा आवास सुविधामा २० प्रतिशतसम्म छुट पाउने बैंकले जनाएको छ। सम्झौतापत्रमा एनएमबी बैंकका एरिया म्यानेजर निरन श्रेष्ठ र हिमालय दृश्यका एशोसिएट डाइरेक्टर सेल्स एण्ड मार्केटिङ बबिता पाण्डेले हस्ताक्षर गरेका छन्।
अत्याधुनिक बैँकिङ सुबिधा, विद्युतीय भुक्तानी अभिबृद्धिका साथै अन्य अतिरिक्त सेवामा पनि सहजता मिलोस् भन्ने उद्देश्यले एनएमबि बैँकले छुटको लागि सहकार्य गरेको जनाएको छ।
छुट सम्बन्धी थप जानकारी एनएमबि बैंकको वेवसाइटको ‘एनएमबी भिसा कार्ड डिस्काउन्ट’ सेक्सनमा गएर प्राप्त गर्न सकिने बैंकले जनाएको छ।
एनएमबि बैंकले हाल देशभरी २०१ शाखा, १३८ एटीएम, ९ एक्सटेन्सन काउन्टरमार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आएको छ।
तपाईंको प्रतिकृया




