स्ट्याण्डर्ड चार्टर्ड बैंकले डेपुटी सीईओमा गोरख राणालाई नियुक्त गरेको छ।
बैंकले सन् २०२२ को जनवरी १ देखि लागू हुने गरी राणालाई नायब प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको घोषणा गरेको छ।
उनीसँग नेपालको बैंकिङ क्षेत्रमा २७ वर्ष लामो कार्य अनुभव रहेको छ। राणा सन् १९९४ मा स्ट्यान्डर्ड चार्टर्डको रिटेल र प्राइभेट बैंकिङमा आबद्ध भएका थिए।
तपाईंको प्रतिकृया



