नबिल बैंक र नेपाल बंगलादेश बैंक मर्ज हुँदै, मर्जर समिति गठन

नबिल बैंक र नेपाल बंगलादेश बैंकको मर्ज प्रक्रिया अघि बढेकाे छ। यसका लागि नबिल बैंकका सञ्चालक उदयकृष्ण उपाध्यायको नेतृत्वमा संयुक्त मर्जर समिति गठन गरिएको छ।

उक्त समितिले नबिल बैंकसँग नेपाल बंगलादेश बैंकलाई प्राप्ति तथा एक्विजिसनका लागि सहमतिको प्रयास गर्नेछ।

एक साताभित्र मर्जसम्बन्धी सबै काम सकेर सहमति पत्रमा हस्ताक्षर (एमओयू) गर्ने तयारी भएको बताइएको छ। यसैगरी सेयर आदानप्रदान अनुपात (स्वाप रेसियो) निर्धारण गर्ने जिम्मासमेत समितिलाई दिइएको बताइएको छ।

बंगलादेशको आईएफआईसीले बिक्री गर्ने सेयरमा थप केही सेयर खरिद गरी नबिलसँग नेपाल बंगलादेश बैंकलाई प्राप्ति गर्ने तयारी उक्त समितिले गरिरहेको छ।

बारेमा प्रदिप नेपाल

यॊ पनि हेर्नुहॊस

राष्ट्र बैंकद्वारा कर्णाली डेभलपमेन्ट बैंकलाई व्यवसाय गर्न रोक

काठमाडौं । नेपाल राष्ट्र बैंकले कर्णाली डेभलपमेन्ट बैंकलाई व्यवसाय गर्न रोक लगाएको छ । बैंकको …

प्रतिकृया दिनुहॊस