दुईटा मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, चार जना घाइते

काठमाडाैँ । कञ्चनपुरको बेलौरी नगरपालिका-५ मा दुईटा मोटरसाइकल आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् । रामनगरबाट बेलौरीतर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१-००९ प ३७२६ नम्बरको मोटरसाइकल र बिपरीत दिशाबाट आउँदै गरेको से ३ प २४ नम्बरको मोटरसाइकल गएराति साढे १० बजे आपसमा ठोक्किएका थिए ।

गम्भीर घाइते भएका ३७२६ नम्बरको मोटरसाइकल चालक कृष्णपुर नगरपालिका-२ का १९ वर्षीय बिमल रानाको उपचारको क्रममा इसान मेमोरियल अस्पताल बेलौरीमा मृत्यु भएको प्रहरीले जनाएको छ । सामान्य घाइते भएका अन्य चार जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री