माओवादी केन्द्रको महाधिवेशन थप दुई दिन लम्बिने

माओवादी केन्द्रको आठौं महाधिवेशनमा नयाँ नेतृत्व चयन गर्न आज निर्वाचन कार्यतालिका प्रकाशन गरिने भएको छ।

अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा समूहगत छलफल सकेर निष्कर्ष सुनाइसकेपछि निर्वाचन कार्यतालिका प्रकाशज गर्ने तयारी भएको हो। मतदाता नामावली पनि भ्याएसम्म आजै सार्वजनिक गर्ने केन्द्रीय निर्वाचन आयोगका प्रमुख विष्णुपुकार श्रेष्ठले जानकारी दिएका छन्।

उनका अनुसार उम्मेद्वारी दर्ता र मतदान घोषणा शुक्रबार हुनेछ। यस आधारमा माओवादी केन्द्रको महाधिवेशन थप दुई दिन लम्बिने भएको छ।

माओवादीमा दुई सय ९९ केन्द्रीय सदस्य चयन हुनेछ। जसमा पुरानो दोहोर्याएर नयाँ थप्ने तयारी भएको प्रवक्ता कृष्ण महराले जानकारी दिए। माओवादी केन्द्रको महाधिवेशनबाट अध्यक्ष र केन्द्रीय सदस्य मात्र चयन हुनेछन्। पदाधिकारी भने पछि चयन गरिने नेताहरूले बताएका छन्।

बारेमा प्रदिप नेपाल

यॊ पनि हेर्नुहॊस

प्रहरीहरुलाई ४ लाख ऋण लिन अनलाइन आवेदन खुला

काठमाडौं । नेपाल प्रहरीको विशेष कल्याणकारी कोषबाट प्रवाह हुँदै आएको नगद ऋणका लागि अनलाइन आवेदन …

प्रतिकृया दिनुहॊस