सप्तकोशी डेभलपमेन्ट बैंकका सीइओ सुवेदी पक्राउ

सप्तकोशी डेभलपमेन्ट बैंकका सीइओ नविन सुवेदी पक्राउ परेका छन् । मोरङ प्रहरीले सुवेदीलाई बेलुका बिराटनगरबाट पक्राउ गरेको हो । सुवेदी सहित बैंकका अन्य २ कर्मचारीहरु पनि पक्राउ परेका छन् । प्रहरीले बैंकका वित्तीय प्रमुख देवी प्रसाद भण्डारी र बैंकका अप्रेसन प्रमुख अमित थापा मगरलाई पनि पक्राउ गरेको जानकारी प्राप्त भएकाे छ ।

बैंकमा १५ करोड ७५ लाख हिनामिना भएको उजुरी परेपछि प्रहरीले अनुसन्धानको लागि उनीहरुलाई पक्राउ गरेको हो । प्रहरीका अनुसार बैंकमा सीइओले आफ्नो परिवार र आफन्तलाई भर्ना गरेर मिलेमतोमा आर्थिक अपचलन गरिएको प्रारम्भिक अनुसन्धानमा खुलेको वताइएकाे छ । भट्टराई र सीइओ सुवेदी मामा–फूपूको छोरा भएको खुलेको छ । याे प्रकरणमा राष्ट्र बैंकले पनि आन्तरिक छानविन गरिरहेको छ ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

नेपाल एसबिआई बैंक र वन्डर्स नेपाल बीच छूट सम्झौता

काठमाडौं । नेपाल एसबिआई बैंक र वन्डर्स नेपाल प्रालि बीच बैंकका सम्पुर्ण डेबिट कार्ड र …

प्रतिकृया दिनुहॊस

This will auto close after