नेकपा माओवादी केन्द्रको जारी आठौं महाधिवेशनको बन्दसत्रमा प्रस्तुत भएका प्रतिवेदनमाथिको छलफलमा सहभागी नेताहरूले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको विचारधाराले पार्टीलाई पुनर्जीवन दिने निष्कर्ष सुनाएका छन्।
गत आइतबारबाट सुरु भएको महाधिवेशनको बन्दसत्रमा सोमबार अध्यक्ष प्रचण्डले वैचारिक तथा राजनीतिक र नेता देव गुरुङले विधान मस्यौदा प्रस्तुत गरेका थिए। सो प्रतिवेदनमाथि मंगलबार २५ समूहमा छलफल भएको छ भने बुधबारबाट समूहगत छलफलको निष्कर्ष प्रस्तुत भइरहेको छ।
बुधबार ११ वटा समूहले निष्कर्ष सुनाइसकेका छन् भने बाँकीले बिहीबार प्रस्तुत गर्ने कार्य चलिरहेको छ। बिहीबार बिहान ११ बजेबाट सुरु भएकोमा अहिलेसम्म पाँचवटा समूहका प्रमुखहरुले आफ्नो समूहको निष्कर्ष प्रस्तुत गरिसकेका छन्।
प्रतिकृया दिनुहॊस