हिमपातले बन्द भीमदत्त राजमार्ग डोजरले हिउँ पन्छाएर खुलाइयो

काठमाडाैँ । हिमपातका कारण हिजो बिहानदेखि बन्द भएको सुदूरपश्चिमका सात पहाडी जिल्ला जोड्ने भीमदत्त राजमार्ग खुलेको छ ।
सडक डिभिजन कार्यालयको डोजरले हिउँ पन्छाएपछि राजमार्ग खुलेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।

भीमदत्त राजमार्गको गैरा, साहुँखर्क र हगेल्टे लेकमा परेको बाक्लो हिमपातका कारण यातायात सेवा प्रभावित भएको थियो । गाडी र यात्रु बीच बाटोमै अलपत्र परेका थिए । राजमार्ग खुलेपछि रोकिएका गाडी र यात्रु गन्तव्यमा लागेका घण्टेश्वर प्रहरी चौकी गैराले जनाएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री

3

बराह एग्रो फुड्सद्वारा शतप्रतिशत प्राकृतिक ‘बराह मोरिङ्गा’ सार्वजनिक : महिला उद्यमशीलता, युवा स्वरोजगार र ग्रामीण अर्थतन्त्र सुदृढ बनाउने लक्ष्य