सुनको मूल्यमा गिरावट, चाँदीको स्थिर

बुधबार नेपाली बजारमा सुनको मूल्यमा गिरावट आएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला ९३ हजार कायम भएकोमा आज ५ सय रुपैयाँले घटेर प्रतितोला ९२ हजार ५ सय रुपैयाँ कायम भएको हो।

आज तेजाबी सुन प्रतितोला ९२ हजार रुपैयाँ कायम भएको महासंघले जनाएको छ।

बुधबार चाँदीको मूल्य स्थिर छ। आज चाँदीको मूल्य प्रतितोला एक हजार २६० रुपैयाँ कायम भएको छ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री