लुम्बिनी विकास बैंकले १४ औं वार्षिक साधारणसभा सम्पन्न गरेको छ।
साधारण सभाले आर्थिक वर्ष २०७७/०७८ को वार्षिक प्रतिबेदन पारित गरी आव. २०७८/०७९ को लागि लेखापरीक्षकको नियुक्तिलगायतका प्रस्तावसगै सेयरधनीलाई ०.६८२४ प्रतिशत नगद लाभांश (कर प्रयोजन) र १३ प्रतिशत बोनस सेयरसहित कुल १३.६८४२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्तावसमेत पारित गरेको छ।
बैंकले ‘निरन्तर सहयात्रा’ भन्ने नाराका साथ देशभरका ३१ वटा जिल्लामा ७७ शाखाहरु र १७ वटा एटीएमबाट ३ लाखभन्दा बढी ग्राहकलाई सेवा दिँदै आएको जनाएको छ।
प्रतिकृया दिनुहॊस