रौतहटमा जन्ती बोकेको जिप दुर्घटना हुँदा पाँच जनाको मृत्यु

रौतहटमा जन्ती बोकेको जिप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ। गौरबाट चन्द्रनिगाहपुरतर्फ जाँदै गरेको भारतीय बीआर ०५ पीए ६९५३ नम्बरको जिप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता सुनील मल्लले जानकारी दिए।

उक्त जिपमा सात जना सवार रहेका थिए। बाँकी दुई जना घाइते रहेका उनले बताए।

उनका अनुसार गरुडा नगरपालिकाको जयनगरमा अनियन्त्रित हुँदा जिप दुर्घटना भएको प्रारम्भिक अनुमान गरिएको छ। मृतक र घाइतेको परिचय खुलिनसकेको उनले बताए।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री

2

बराह एग्रो फुड्सद्वारा शतप्रतिशत प्राकृतिक ‘बराह मोरिङ्गा’ सार्वजनिक : महिला उद्यमशीलता, युवा स्वरोजगार र ग्रामीण अर्थतन्त्र सुदृढ बनाउने लक्ष्य