आज सुनचाँदीको मूल्य कति पुग्यो ?

काठमाडौं । मंगलबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला २ सयले घटेर  ९३ हजारमा कारोबार भएको छ ।

यसअघि सोमबार सुन तोलाको ९३ हजार २ सयमा कारोबार भएको थियो । त्यस्तै मंगलबार तेजाबी सुन प्रतितोला ९२ हजार ५ सय रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

त्यसैगरी आज चाँदीको मूल्यमा भने वृद्धि भएको छ । आज चाँदीको मूल्य प्रतितोला  १० रुपैयाँले बढेर १२६० मा कारोबार भइरहेको महसंघले जनाएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री