भारतमा ओमिक्रोन संक्रमित हुनेको संख्या ४२२ पुग्याे, ४२ जना निको भए

भारतमा कोभिडको नयाँ भेरियन्ट ओमिक्रोनबाट संक्रमित हुनेको संख्या ४२२ पुगेको छ।

संक्रमितमध्ये सबैभन्दा बढी महाराष्ट्रका छन् । सरकारले कोभिडविरुद्ध अग्रमोर्चामा खटिएका र ६० वर्षमाथिका बृद्धबृद्धालाई बुस्टर डोज दिने तयारी गरेको छ।

महाराष्ट्रमा १०८ जनामा नयाँ भेरियन्ट देखिएको छ। केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार ओमिक्रोनबाट संक्रमित ४२ जना निको भएर घर फर्किएका छन्।

त्यस्तै, दिल्ली र गुज्रातमा क्रमशः ७९ र ४३ जनामा ओमिक्रोन देखिएको छ। दक्षिणी तेलंगना राज्यमा ४१ जना र केरलामा ३८ जनामा ओमिक्रोन देखिएको छ।

ओमिक्रोन संक्रमितमध्ये धेरैले कोभिड खोप लगाएको बताइएको छ।एजेन्सी

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री