नेकपा माओवादी केन्द्रले राष्ट्रिय सम्मेलनलाई महाधिवेशनमा रुपान्तरण गर्ने निर्णय गरेको छ। शनिबार बसेको स्थायी समिति बैठकले राष्ट्रिय सम्मेलनलाई महाधिवेशनमा रुपान्तरण गर्ने निर्णय गरेको हो।
बैठकपछि प्रवक्ता कृष्णबहादुर महराले पार्टीमा आकर्षण बढ्दै गएकाले राष्ट्रिय सम्मेलनलाई आठौं महाधिवेशनमा रुपान्तरण गर्ने निर्णय भएको बताए।
माओवादीले भोलिबाट काठमाडौंमा राष्ट्रिय सम्मेलन गर्ने तयारी गरिरहेको थियो।
तर पार्टीमा आकर्षण बढेपछि त्यसलाई परिवर्तन गरेर राष्ट्रिय सम्मेलन गर्ने निर्णय गरेको छ ।
माओवादीले आइतबार बिहान ८ बजे केन्द्रीय समितिको बैठक बोलाएको छ। उक्त बैठकले स्थायी समिति बैठकको निर्णय अनुमोदन गर्ने प्रवक्ता महराले जानकारी दिए।
तपाईंको प्रतिकृया




