कोरोना अपडेटः थप १६७ जनामा संक्रमण, २२६ निकाे भए

गत २४ घण्टाभित्र नेपालमा थप १६७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ६ हजार ४४७ जनाको कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्। ४ हजार २८३ जनाको पिसिआर परीक्षण र २ हजार १६४ जनाको एन्टिजेन परीक्षण गरिएको थियो।

हालसम्म संक्रमितकाे संख्या पिसिआर परीक्षणबाट ८ लाख २७ हजार ५८ र एन्टिजेन परीक्षणबाट ९६ हजार १२५ रहेकाे छ।

निकाे हुनेकाे संख्या २२६ जना रहेको मन्त्रालयले जनाएको छ। हालसम्म निकाे हुनेकाे कूल संख्या ८ लाख १० हजार ४९७ पुगेकाे छ।

संक्रमणबाट १ जनाको मृत्यु भएको छ। हालसम्म मृत्यु हुनेकाे संख्या ११ हजार ५८३ रहेकाे छ।

नेपालमा हाल ४ हजार ९७८ जना सक्रिय संक्रमित छन्। गत २४ घण्टामा २ लाख ५५ हजार ४५८ खाेप लगाइएकाे छ।

 

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री

3

बराह एग्रो फुड्सद्वारा शतप्रतिशत प्राकृतिक ‘बराह मोरिङ्गा’ सार्वजनिक : महिला उद्यमशीलता, युवा स्वरोजगार र ग्रामीण अर्थतन्त्र सुदृढ बनाउने लक्ष्य