फिल्म ‘आरआरआर’ मा कसले कति पारिश्रमिक लिए ?

काठमाडौँ । फिल्म ‘बाहुबली’ पछि निर्देशक एसएस राजामौली ‘आरआरआर’ लिएर दर्शकमाझ आउदैछन् । यो दर्शकका लागि सन् २०२२ को ठूलो उपहार हुनेछ ।

आगामी जनवरी ७ मा रिलिज हुने फिल्ममा राम चरण, जुनियर एनटीआर, अजय देवगन, आलिया भट्टजस्ता स्टारको अभिनय छ । मेगा बजेटको भनिएको यो फिल्ममा अभिनेत्री आलियाको पारिश्रमिक प्रमुख तीन अभिनेताको भन्दा अत्यन्तै कम छ । फिल्म स्रोतका अनुसार यो फिल्मका लागि आलियाले जम्मा ९ करोड मात्र पारिश्रमिक बुझेकी छन् ।

फिल्ममा रामचरणले अल्लुरी सीताराम राजूको भूमिकामा अभिनय गरेका छन् । यो फिल्मबाट उनले ४५ करोड पारिश्रमिक बुझेका छन । अर्का प्रमुख कलाकार जुनियर एनटीआरले फिल्ममा कोमाराम भीको भूमिका निर्वाह गरेका छन् । उनले पनि रामचरणकै अर्थात् ४५ करोड नै पारिश्रमिक लिएका छन् ।

अभिनेता अजयले फिल्मबाट २५ करोड पारिश्रमिक लिएका छन् । निर्माता तथा निर्देशक राजामौलीले फिल्मको नाफा शेयरको ३० प्रतिशत हिस्सा लिनेछन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

‘मोदीबेनी’को पोस्टर सार्वजनिक, यस्तो लुक्समा देखिइन् वर्षा

काठमाडौँ । आगामी श्रावण १८ गते रिलिज हुने चलचित्र ‘मोदीबेनी’ का दुई पोस्टर सार्वजनिक गरिएको …

प्रतिकृया दिनुहॊस