‘आईसी डिजाइनर रनवे १०’ फेसन शो सम्पन्न

आईसी कलेजको आयोजनामा ‘आईसी डिजाइनर रनवे १०’ फेसन शो शुक्रवार राति सम्पन्न भएको छ । उक्त फेसन शो नेक्स्ट मोडल्स नेपालले व्यवस्थापन गरेको हो।

फेसन शोका लागि ३६ मोडलले प्रस्तुति गरेका थिए। नेक्स्ट मोडल्सले अडिसन गरेरै २८ महिला र ८ पुरुष मोडल गरेर फेसन शो का उत्कृष्ट ३६ मोडल गरेको थियो । शो मा ७३ जना डिजाइनरले तयार पारेका विभिन्न आकर्षक पहिरन २१ सिक्वेलमा मोडलहरुले र्याम्पमा प्रस्तुति गरे ।

७३ जना फेसन डिजाइनर नै आईसी कलेजका १८औँ ब्याजका पास आउट विद्यार्थी थिए । ‘आइसी डिजाइनर रनवे’ धेरै बर्षदेखि नियमित आयोजना हुँदै आएको सो हो। कार्यक्रमको संचालन पूर्व मिस नेपाल माल्भिका सुव्वाले गरेकी थिइन् ।

केकी अधिकारी, नम्रता श्रेष्ठ, स्वस्तिमा खड्का लगायतका चर्चित अभिनेत्रीहरुले क्याटवाक गरे । यसमा अफिसियल कोरीयोग्राफर प्रशान्त ताम्राकार हुन् ।

बारेमा प्रदिप नेपाल

यॊ पनि हेर्नुहॊस

‘लाज शरणम्’ मा धुर्मुस

काठमाडौं । झण्डै पाँच वर्षपछि हास्य कलाकार सीताराम कट्टेल ‘धुर्मुस’ फिल्ममा फर्किएका छन् । कुमार …

प्रतिकृया दिनुहॊस