दुई प्रदेशमा वर्षा, यी क्षेत्रमा हिमपातको सम्भावना

काठमाडाैँ । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार हाल सुदूरपश्चिम तथा बाँकी प्रदेशको पहाडी भू-भागहरूमा आंशिक बदली रहेको र बाँकी स्थानहरूमा मौसम सफा छ ।

शनिबार प्रदेश–१ र बागमती प्रदेशको पहाडी भू-भागको एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । देशको उच्च पहाडी तथा हिमाली क्षेत्रका थोरै स्थानमा हल्का हिमपातको सम्भावना पनि रहेको महाशाखाले जनाएको छ ।

राति सुदूरपश्चिम प्रदेश तथा अन्य प्रदेशहरूका पहाडी भू-भागहरूमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सफा रहनेछ । देशका उच्च पहाडी र हिमाली क्षेत्रका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा उल्लेख गरिएको छ ।

प्रदेश–१ र बागमती प्रदेशको पहाडी भू-भागमा वर्षाको सम्भावना रहेको, तराईमा बिहान हुस्सु/कुहिरो लाग्नुका साथै देशभर चिसो बढ्ने क्रम रहेकोले आवश्यक सुरक्षा एवं सतर्कता अपनाउन पनि महाशाखाले अनुरोध गरेको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री

2

बराह एग्रो फुड्सद्वारा शतप्रतिशत प्राकृतिक ‘बराह मोरिङ्गा’ सार्वजनिक : महिला उद्यमशीलता, युवा स्वरोजगार र ग्रामीण अर्थतन्त्र सुदृढ बनाउने लक्ष्य