राष्ट्रिय वाणिज्य बैंकले घोषणा गर्याे ३३ प्रतिशत लाभांश

देशभर रहेका कुल २७ वटा वाणिज्य बैंकमध्ये गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट लाभांश घोषणा गर्न बाँकी राष्ट्रिय बाणिज्य बैंकले पनि आफ्नो लाभांश घोषणा गरेको छ।

बैंकको बुधबार बसेको सञ्चालक समितिको बैठकले गत वर्षको नाफाबाट शेयरधनी लगानीकर्ताहरुलाई चुक्ता पुँजीको अधिकतम् ३३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।

यस्तो लाभांश चुक्तापुँजीको ३० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि तीन प्रतिशत नगद गरि कुल ३३ प्रतिशत वितरण गरिने बैंकले जनाएको छ।

प्रस्तावित लाभांश भने राष्ट्र बैंकबाट स्वीकृत हुन बाँकी छ। बैंकको आगामी साधारण सभाबाट पारित भएपछि शेयरधनीहरूमा वितरण हुनेछ। बैंकले पुस २९ गतेका लागि साधारणसभा आह्वान गरेको छ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री

2

बराह एग्रो फुड्सद्वारा शतप्रतिशत प्राकृतिक ‘बराह मोरिङ्गा’ सार्वजनिक : महिला उद्यमशीलता, युवा स्वरोजगार र ग्रामीण अर्थतन्त्र सुदृढ बनाउने लक्ष्य