कांग्रेस प्रदेश-२ नेतृत्व चयनका लागि आज मतदान हुँदै

काठमाडाैँ । नेपाली कांग्रेस प्रदेश कांग्रेस-२ को नयाँ नेतृत्व चयनका लागि आज मतदान हुँदैछ । हिजो हुने भनिएको मतदान आज हुन लागेको हो । निर्वाचन समितिले हिजो दिउँसो १ बजेबाट मतदान गर्ने समय तय गरेको थियो ।

मतपत्र छपाइमा ढिलाइ भएपछि मतदान सारिएको निर्वाचन समितिले जनाएको छ । निर्वाचन अधिकृत प्रह्लाद गौतमले मतदान आज बिहान ८ बजेबाट मतदान शुरु हुने जानकारी दिएका छन् ।

सभापतिका उम्मेदवार कृष्णकुमार यादवकाअनुसार दुवै समूहबीच भोलि आज बिहानदेखि मतदान गर्ने सहमति भएको छ । हिजो कांग्रेस सभापति शेरबहादुर देउवा पक्ष र विमलेन्द्र निधि पक्षबीच विवाद समेत भएको थियो ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

यी हुन् सरकारलाई सबैभन्दा धेरै कर तिर्ने १६ करदाता (सूची)

काठमाडौं । आन्तरिक राजस्व विभागले सबैभन्दा बढी कर तिर्ने कम्पनीलाई सम्मान गरेको छ । विभागले २०७९/८० मा बढी कर तिर्ने कम्पनीलाई कर दिवसको अवसरमा शनिबार सम्मान गरेको हो । विभागका अनुसार सबैभन्दा धेरै आयकर नेपाल दूरसञ्चार कम्पनी लिमिटेडले तिरेको छ । वस्तु निर्याततर्फ सबैभन्दा धेरै कारोबार गर्नेमा डाबर नेपाल छ ।

प्रतिकृया दिनुहॊस