मंगलबार संसद् बैठकः यस्ता छन् सम्भावित कार्यसूची

प्रतिनिधिसभाको दसौं अधिवेशनको दोस्रो बैठक मंगलबार दिउँसो १ बजेका लागि बोलाइएको छ। मंगलबारको बैठकमा प्रस्तुत हुने चार वटा कार्यसूची संसद सचिवालयले सार्वजनिक गरेको छ।

मंगलबारको बैठकमा सरकारले एमसीसी टेबुल गराउने तयारी गरेको भए पनि बैठकको सम्भावित कार्यसूचीमा एमसीसी परेको छैन।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसद्को नवौं अधिवेशनका सबै बैठक अवरुद्ध गरेको थियो। उसले दशौं अधिवेशनका बैठक पनि चल्न नदिने रणनीति तय गरेको छ।

मंसिर २८ गते बसेको दसौं अधिवेशनको पहिलो बैठकमा पनि एमालेका सांसद्हरूले नाराबाजी गरेका थिए।

बारेमा प्रदिप नेपाल

यॊ पनि हेर्नुहॊस

सहकारी ठगी प्रकरणमा प्रहरी इन्स्पेक्टर निलम्बित

काठमाडौँ । सहकारी ठगी प्रकरणमा नेपाल प्रहरीका एक प्रहरी निरीक्षक निलम्बित भएका छन् । प्रहरी …

प्रतिकृया दिनुहॊस