एनएमबि सुपर कावेली खोला–ए तथा सुपर कावेली खोला क्यासकेड आयोजनाको मुख्य लगानीकर्ता

एनएमबि बैंकले १३.५ मेगावाट तथा १२ मेगावाटका क्रमशः सुपर कावेली खोला– ए जलविद्युत आयोजना तथा सुपर कावेली खोला क्यासकेड जलविद्युत आयोजनाहरुको मुख्य लगानीकर्ता भई वित्तीय व्यवस्थापन गरेको छ ।

प्रदेश १ अन्तर्गत ताप्लेजुङ्ग जिल्लामा रहेको सिरीजङ्घा गाउँपालिकामा निर्माण भइरहेको सुपर कावेली खोला–ए जलविद्युत आयोजना तथा सुपर कावेली खोला क्यासकेड जलविद्युत आयोजनाहरु क्रमशः स्नो रिभर्स प्रा. लि. तथा हिल्टन हाइड्रो इनर्जी प्रा. लिद्वारा निर्माण भइरहेको हो। यस आयोजनाहरुमा एनएमबि बैंक लि. अगुवा बैंक रहेको छ भने सह—वित्तीयकरणमा सहभागी अन्य बैंकमा राष्ट्रिय वाणिज्य बैंक लिमिटेड रहेको छ ।

१३.५ मेगावाट (सुपर कावेली खोला–ए जलविद्युत आयोजना) तथा १२ मेगावाट (सुपर कावेली खोला क्यासकेड जलविद्युत आयोजना) क्षमता भएको आयोजनाहरुको कुल लागत क्रमशः २ अर्ब ४१ करोड तथा २ अर्ब १४ करोड रहेको छ । जसमध्ये बैंकहरुको लगानी क्रमशः १ अर्ब ८९ करोड तथा १ अर्ब ६७ करोड रहने जानकारी गराइएको छ । यो आयोजनासमेत एनएमबि बैंक लि.ले कुल ४३ वटा जलविद्युत आयोजनाहरुमा लगानी गरिसकेको छ।

एनएमबि बैंकले हाल देशभरी २०१ शाखा, १३८ एटीएमहरू, ९ एक्सटेन्सन काउन्टरहरू मार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ।

 

बारेमा प्रदिप नेपाल

यॊ पनि हेर्नुहॊस

महालक्ष्मी बैंकद्धारा संस्थागत सामाजिक उत्तरदायित्वका कार्यत्रमहरु सम्पन्न

काठमाडौँ । महालक्ष्मी विकास बैंकले शिक्षा, स्वास्थ्य, दैवी प्रकोप व्यवस्थापन, वातावरण संरक्षण, सांस्कृतिक प्रवर्द्धन, पूर्वाधार …

प्रतिकृया दिनुहॊस