ए डिभिजन लिगमा आज शेर्पालाई बीबीसीको चुनौती

काठमाडौं । सहिद स्मारक ए डिभिजन लिगमा आईतबार एउटा मात्रै खेल हुँदैछ । पाँचौ चरणको तेस्रो दिन हिमालयन शेर्पा क्लबले ब्रिगेड ब्वार्ईज क्लब (बीबीसी) को सामना गर्दैछ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेलमा साँझ पौने ५ बजे शेर्पाले बीबीसीको चुनौती सामना गर्न लागेको हो ।

शीर्ष डिभिजनको लिगमा शेर्पा पहिलो जितको खोजीमा छ । २ जित निकालेकाे र २ बराबर गरेको शेर्पा अन्तिमबाट दोस्रो स्थानमा छ । यता, ब्रिगेड भने दोस्रो जित निकाल्ने दाउमा छ । एक जित, एक हार र दुई बराबरसहित ५ अंक बनाएर आठौं स्थानमा छ ।

जारी लिगमा शेर्पाले सोचेअनुरुप प्रदर्शन गर्न सकेको छैन । यता, युवा खेलाडीको साथमा भने बीबीसीले सामान्य प्रदर्शन गरिरहेको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

माछापुच्छ्रे बैंक कर्पोरेट सुपर सिक्सेस सिजन-७ च्याम्पियन

काठमाडौँ । माछापुच्छ्रे बैंकले नेकोस कर्पोरेट सुपर सिक्सेस सिजन–७ को उपाधि जित्न सफल भएको छ …

प्रतिकृया दिनुहॊस