पर्यटन बोर्डका सिइओ धनञ्‍जय रेग्मी निलम्बित

काठमाडौं । नेपाल पर्यटन वोर्डका प्रमुख कार्यकारी अधिकृत डा.धनन्जय रेग्मी निलम्बनमा परेका छन् । शुक्रबार बसेको पर्यटन बोर्डको बैठकले निलम्बन गरेर रेग्मीमाथि लागेको आरोप छानबिन प्रक्रिया अघि बढाउने निर्णय गरेको हो ।

पर्यटन मन्त्रालयका सचिव तथा बोर्डका अध्यक्ष महेश्वर न्यौपानेको अध्यक्षतामा बसेको बैठकले रेग्मीका काम कारवाहीमाथि छानविन गर्न उपाध्यक्ष चन्द्र रिजालको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेको छ ।

रेग्मी निलम्बनमा परेसँगै वरिष्ठ निर्देशक नन्दिनी थापा लाहेलाई कायमुकायम सिइओको जिम्मेवारी तोकिएको छ । सीईओ रेग्मीले असोज २९ बेलायतबाट फर्किँदा भन्सारको छुट सुविधाभन्दा बढी मदिरा बोकेर ल्याएर थिए ।

भन्सारले विदेशबाट फर्किँदा एक व्यक्तिले १ लिटर (बोतल) मदिरा ल्याउन छुट दिएको छ । तर बेलायतबाट रेग्मीले ६ बोतल मदिरा ल्याएका थिए । यही बिषयमा विवाद भएपछि उनले भन्सारका कर्मचारीमाथि दुर्व्यवहार गरेका थिए ।

भन्सार विभागका कर्मचारी माथि हातपात गरेको भिडियो सार्वजनिक भएपछि संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री प्रेम आलेले स्पष्टीकरण सोधेको थियो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री

3

बराह एग्रो फुड्सद्वारा शतप्रतिशत प्राकृतिक ‘बराह मोरिङ्गा’ सार्वजनिक : महिला उद्यमशीलता, युवा स्वरोजगार र ग्रामीण अर्थतन्त्र सुदृढ बनाउने लक्ष्य