आज एमालेको पत्रकार सम्मेलन

काठमाडौँ । नेकपा (एमाले)का महासचिव शंखर पोखरेलले आज शुक्रबार पत्रकार सम्मेलन गर्दैछन् । मंसिर २५ र २६ गते बसेको केन्द्रीय कमिटीको दोस्रो बैठकले गरेका निर्णय सार्वजनिक गर्न दिउँसो साढे १ बजे बानेश्वरमा पत्रकार सम्मेलन गर्न लागिएको हो ।

केन्द्रीय प्रचार विभागका उपप्रमुख विष्णु रिजालका अनुसार नवनिर्वाचित महासचिव पोखरेलको यो पहिलो पत्रकार सम्मेलन हुनेछ । चितवनमा १०-१४ मंसिरमा भएको १०औं महाधिवेशनपछि एमालेको पहिलो केन्द्रीय कमिटी बैठक चितवनको सौराहामा र दोस्रो बैठक भक्तपुरमा बसेको थियो ।

एमालेले विभिन्न विभागका प्रमुखका साथै प्रदेश र जिल्ला इञ्चार्जहरु पनि तोकिसकेको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री