म एक समूह मात्र महामन्त्री होइन, सिङ्गाे कांग्रेसकाे महामन्त्री हुँ: गगन थापा

नेपाली कांग्रेसका नवनिर्वाचित महामन्त्री गगन थापाले आफू कुनै एक समूहको महामन्त्री नभएर सबैको महामन्त्री भएको बताएका छन्।

बिहीबारको मतगणनाबाट महामन्त्रीमा निर्वाचित थापाले उम्मेद्वारी दिँदा एउटा समूहबाट दिएको भए पनि अब आफू सबैको महामन्त्री भएको बताए।

‘एउटा समूहको उम्मेद्वार बने पनि निर्वाचित भइसकेकोले समूहको महामन्त्री म अब होइन। सबैको महामन्त्री हुँ। मलाई महामन्त्री बनाउन तपाईंहरु खट्नु भयो। अब खट्ने पालो मेरो हो’, थापाले भने ।

उनले बेठीक व्यक्तिलाई महामन्त्री बनाइएछ भन्ने हुन नदिने बताए। उनले आफूलाई विजयी बनाउने सबैलाई धन्यवाद दिए ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री

3

बराह एग्रो फुड्सद्वारा शतप्रतिशत प्राकृतिक ‘बराह मोरिङ्गा’ सार्वजनिक : महिला उद्यमशीलता, युवा स्वरोजगार र ग्रामीण अर्थतन्त्र सुदृढ बनाउने लक्ष्य