हिमालयन बैंकद्वारा २४ विद्यार्थीलाई छात्रवृति प्रदान

काठमाडाैं । हिमालयन बैंकले शिव नमुना माविमा अध्ययनरत जेहेन्दार विद्यार्थीलाई मासिक छात्रवृत्ति प्रदान गरेकाे छ । बैंककाे कावासाेती शाखाले साे विद्यालयका विद्यार्थीलाई मासिक छात्रवृत्तिका साथै स्टेशनरी प्रदान गरेको छ ।

बैंकले विद्यालयमा कक्षा १ देखि १२ सम्म अध्ययनरत २४ जना विद्यार्थीहरुलाई ६ महिनाको छात्रवृत्ति (मासिक तथा भर्ना शुल्क) तथा कक्षा नर्सरी देखि १२ सम्म अध्ययनरत २४ जना विद्यार्थीहरुलाई स्टेशनरी सामानहरु प्रदान गरेको हो । विद्यालयको वार्षिकोत्सवको अवसरमा पुस १ गते आयोजित एक समारोहकाबीच बैंकका कावासोती शाखाका शाखा प्रबन्धक आत्माराम गौतमले उक्त छात्रवृत्ति तथा स्टेशनरी सम्बन्धित विद्यार्थीहरुलाई हस्तान्तरण गरेकाे बै‌कले वताएकाे छ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

महालक्ष्मी बैंकद्धारा संस्थागत सामाजिक उत्तरदायित्वका कार्यत्रमहरु सम्पन्न

काठमाडौँ । महालक्ष्मी विकास बैंकले शिक्षा, स्वास्थ्य, दैवी प्रकोप व्यवस्थापन, वातावरण संरक्षण, सांस्कृतिक प्रवर्द्धन, पूर्वाधार …

प्रतिकृया दिनुहॊस