बुद्ध एयरमा समस्या, भरतपुरमा आपत्कालीन अवतरण

चितवन । बुद्ध एयरले जहाज भरतपुरमा आपत्कालीन अवतरण गरेको छ । भरतपुरबाट उडान भरेको केही समयमानै‌ यान्त्रिक गडबडी आएपछि पुनःभरतपुरमै अवतरण गरेको हो । नागरिक उड्डयन प्राधिकरण भरतपुरका सूचना अधिकारी दिपक विकका अनुसार दिउँसो १ बजेर १६ मिनेट जाँदा आकाशमा उड्नेवित्तिकै प्राविधिक समस्या देखिएको क्याप्टेनले वताएपछि तत्काल भरतपुरमै अवतरण गरिएको हो । जहाज अवतरणपछि सबै यात्रु सकुशल बाहिर निस्किएका छन् ।

बुद्ध एयरको बीच क्राफ्ट जहाजमा १८ यात्रु र चालक दलका सदस्य रहेका थिए । कुनै समस्या हुनसक्ने भन्दै दमकल तयारी अवस्थामा राखिएको थियाे । याेसँगै यहाँबाट हुने हवाई उडान प्रभावित भएका थिए ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री

3

बराह एग्रो फुड्सद्वारा शतप्रतिशत प्राकृतिक ‘बराह मोरिङ्गा’ सार्वजनिक : महिला उद्यमशीलता, युवा स्वरोजगार र ग्रामीण अर्थतन्त्र सुदृढ बनाउने लक्ष्य