चितवन । बुद्ध एयरले जहाज भरतपुरमा आपत्कालीन अवतरण गरेको छ । भरतपुरबाट उडान भरेको केही समयमानै यान्त्रिक गडबडी आएपछि पुनःभरतपुरमै अवतरण गरेको हो । नागरिक उड्डयन प्राधिकरण भरतपुरका सूचना अधिकारी दिपक विकका अनुसार दिउँसो १ बजेर १६ मिनेट जाँदा आकाशमा उड्नेवित्तिकै प्राविधिक समस्या देखिएको क्याप्टेनले वताएपछि तत्काल भरतपुरमै अवतरण गरिएको हो । जहाज अवतरणपछि सबै यात्रु सकुशल बाहिर निस्किएका छन् ।
बुद्ध एयरको बीच क्राफ्ट जहाजमा १८ यात्रु र चालक दलका सदस्य रहेका थिए । कुनै समस्या हुनसक्ने भन्दै दमकल तयारी अवस्थामा राखिएको थियाे । याेसँगै यहाँबाट हुने हवाई उडान प्रभावित भएका थिए ।
तपाईंको प्रतिकृया



