बैंक अफ काठमाण्डूको १४ प्रतिशत लाभांश पारित

काठमाडौं । बैंक अफ काठमाण्डूको वार्षिक साधारणसभाले प्रस्तावित १४ प्रतिशत लाभांश पारित गरेको छ । मंसिर २९ गते सम्पन्न बैंकको २७ औं वार्षिक साधारणसभाले सेयरधनीलाई वितरण गर्ने १४ प्रतिशत लाभांश प्रस्तावलाई पारित गरेको छ । याेसँगै बैंकका सेयरधनीले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट चुक्ता पुँजीको १० प्रतिशत बोनस सेयर र ४ प्रतिशतका दरले नगद लाभांश (लाभांशमा लाग्ने कर समेत) पाउने भएका छन् ।

सभाले समितिको प्रतिवेदन पारित गरेको छ । साे सभाले नेपाल राष्ट्र बैंकको निर्देश अनुसार नेपाल फाईनान्सियल रिर्पोटिङ्ग स्टाण्ड्र्डस बमोजिम तयार वित्तीय विवरणहरु पनि स्वीकृत गरेको छ । बैंकले हाल ९१ शाखा कार्यालयहरु, ८४ एटिएम र १० एक्स्टेन्सन काउन्टर मार्फत आफ्ना ग्राहकलाई बैंकिङ्ग सेवा तथा सुविधा प्रदान गर्दै आईरहेको बै्छकले जनाएकाे छ ।

 

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री

3

बराह एग्रो फुड्सद्वारा शतप्रतिशत प्राकृतिक ‘बराह मोरिङ्गा’ सार्वजनिक : महिला उद्यमशीलता, युवा स्वरोजगार र ग्रामीण अर्थतन्त्र सुदृढ बनाउने लक्ष्य