अब वर्ल्डलिंकका ग्राहकलाई न्यूनतम १५० एमबीपीएसको इन्टरनेट सुविधा

काठमाडौं । इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंकले अब सेवाग्राहीलाई न्यूनतम १५० एमबीपीएस गतिको इन्टरनेट सुविधा प्रदान गर्ने बताएको छ । कम्पनीले हाल २०/३० एमबीपीएसको गति भएको इन्टरनेटलाई १५० मा स्तरोन्नती गरेर सेवा दिने भएको हो । इन्टरनेटको गति बढाएपनि सेवाग्राहीहरुले शुल्क पनि अतिरिक्त तिर्नु पर्दैन । घरायसी उपभोक्ता अब वार्षिक १४ हजार ४ सय रुपैयाँमा अर्थात मासिक एक हजार दुई सय रुपैयाँमा १५० एमबिपिएस गतिको इन्टरनेट प्रयोग गर्न पाउनेछन् ।

कम्पनीका अनुसार १५० एमबीपीएस सहित २२५ एमबीपीएस र ३ सय एमबीपीएस गतिको इन्टरनेट पनि पहिलाको भन्दा कम मूल्यमा उपभोग गर्न पाइने भएकाे छ । वर्ल्डलिंकका हालका प्रयोगकर्ताले नयाँ योजनामा सहजै सहभागी हुन सक्नेछन् । कम्पनीका अनुसार यसको लागि डुअल ब्याण्ड भएको राउटर मात्रै आवश्यक पर्नेछ । कम्पनीले नेपालमै पहिलोपटक ६ सय एमबीपीएस गतिको इन्टरनेट भित्र्याएको छ ।

कम्पनीले विश्वका ८ हजारभन्दा अग्ला १४ वटा हिमाल ६ महिनामै चढेका निर्मल पुर्जालई सद्भावना दुतमा नियुक्त गरेको छ । पुर्जाको हिमाल आराेहण सम्बन्धी कथामा आधारित तयार पारिएको वृतचित्र ‘फोर्टिन पिक्सस: नथिङ इज इमपसिबल’ केही साता मात्रै नेटफ्लिक्समा सार्वजनिक भएको छ । नोभेम्बर ३० मा सार्वजनिक भएको साे वृत्तचित्र सर्वाधिक लोकप्रियमा पनि परिसकेको कम्पनीले वताएकाे छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री