रामचन्द्र पौडेलद्वारा महाधिवेशन प्रतिनिधिलाई चियापानकाे आयोजना

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले जारी १४ औं महाधिवेशनमा सहभागी मतदाताहरुलाई चियापानका लागि बोलाएका छन्।

उनले प्रतिनिधिहरुलाई मंगलबार बिहान ८ बजे लैनचौर ब्यान्क्वेटमा चियापानका लागि बोलाएको उनको सचिवालयले जानकारी दिएको छ।

पौडेलले जारी महाधिवेशनको प्रक्रियाबाट आफू अलग भएको बताएका थिए । आज जारी मतदानमा उनी सहभागी भएनन् ।

इतरपक्षबाट आफू साझा उम्मेदवार बन्न नेता पौडेलले प्रयास गरेको भएपनि सहमति जुट्न नसक्दा उनी समग्र प्रक्रियाबाट बाहिरिएका हुन्। इतर पक्षबाट शेखर कोइराला र प्रकाशमान सिंह चुनावी प्रतिस्पर्धामा छन्।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री

4

बराह एग्रो फुड्सद्वारा शतप्रतिशत प्राकृतिक ‘बराह मोरिङ्गा’ सार्वजनिक : महिला उद्यमशीलता, युवा स्वरोजगार र ग्रामीण अर्थतन्त्र सुदृढ बनाउने लक्ष्य