सांसदहरूको एन्टिजेन परीक्षण गरिँदै

काठमाडौँ । संघीय संसद् अधिवेशनको तयारीमा जुटेको संसद् सचिवालयले आज सभामुखसहित सांसदहरूको कोरोना परीक्षण गर्दै छ । सभामुख, राष्ट्रिय सभा अध्यक्ष, उपाध्यक्ष, संघीय सांसदहरू, महासचिव, सचिव, संसद् सचिवालयका सम्पूर्ण कर्मचारीहरूको एन्टिजेन परीक्षण आज गर्न लागिएको हो ।

एन्टिजेन परीक्षणका लागि बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म समय ताेकिएकाे छ । यस्तै उक्त परीक्षण अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र नयाँ बानेश्वरमा हुने संघीय संसद् सचिवालयले जनाएको छ । यस्तै आजै सभामुख अग्निप्रसाद सापकोटाले नयाँबानेश्वरस्थित संघीय संसद् बैठक स्थल लगायतको निरीक्षण गर्ने कार्यक्रम समेत छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री

4

बराह एग्रो फुड्सद्वारा शतप्रतिशत प्राकृतिक ‘बराह मोरिङ्गा’ सार्वजनिक : महिला उद्यमशीलता, युवा स्वरोजगार र ग्रामीण अर्थतन्त्र सुदृढ बनाउने लक्ष्य