सांग्रिला डेभलपमेन्ट बैंकद्वारा मानवसेवा आश्रमलाई सहयोग हस्तान्तरण

सांग्रिला डेभलपमेन्ट बैंकले समय समयमा आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न सामाजिक सेवा सम्वन्धि कार्य गर्दै आएको छ।

आइतबार सामाखुसीस्थित मानवसेवा आश्रमलाई खाद्यान्न र रकम हस्तान्तरण गरी सहयोग गरेको छ। घरवारविहिन, सडक पेटीमा बस्ने व्यक्तिहरु तथा मानसिक सन्तुलन गुमाएका ब्यक्तिहरुलाई आवाससहितको सुविधा दिने उद्देश्यले ४ वर्षअघि स्थापना भएको उक्त आश्रममा आश्रय लिइबसेका ७५ जना व्यक्तिहरुलाई यस किसिमको सहयोगले प्रत्यक्ष लाभ हुनेमा वैंक विश्वस्त रहेको छ।

एक कार्यक्रमका विच उक्त संस्थालाई बैंकका प्रमुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठले खाद्यान्न र सहयोग रकम हस्तान्तरण गरे । यस किसिमको सहयोगले आश्रमलाई मद्दत पुगेको बताउँदै यस सम्वन्धि कार्यक्रमलाई बैंकले निरन्तरता दिन सफल होस् भनी मानव सेवा आश्रम, सामाखुसीका संचालक श्रीमती यशोदा वर्तौलाले आफ्नो विचार राखेकी थिइन्।

सांग्रिला डेभलपमेन्ट बैकले देशभर रहेका आफ्ना १०४ शाखा कार्यालयमार्फत समय समयमा यस किसिमको सामाजिक उत्तरदायित्व वहन गर्दै आएको छ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री