लुम्बिनी विकास बैंक र नेपाल पेमेन्ट सोलुसन्स् प्रा. लि.बीच डिजिटल कारोबार सम्झौता

लुम्बिनी विकास बैंक लिमिटेडले आफ्नो डिजिटल कारोबारलाई अझ स्तरीय बनाउन नेपाल पेमेन्ट सोलुसन्स् प्रा. लि.सँग सम्झौता गरेको छ । यस सम्झौता अनुसार लुम्बिनी विकास बैंक लि.सँग आवद्ध ग्राहकहरुले नेपाल पेमेन्ट सोलुसन्स्को लोड वालेट तथा बिभिन्न मर्चेन्ट भुक्तानी जस्ता सम्पूर्ण सेवाहरु उपयोग गर्न पाउनेछन् ।

सम्झौतामा लुम्बिनी विकास बैंकको तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत उमेश रेग्मी र नेपाल पेमेन्ट सोलुसन्स् प्रा. लि. को तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रताप श्रेष्ठले संयुक्तरुपमा हस्ताक्षर गरे।

लुम्बिनी विकास बैंक लिमिटेडले “निरन्तर सहयात्रा” भन्ने नाराका साथ देशभरका ३० वटा जिल्लामा ७७ शाखाहरु र १७ वटा एटिएमबाट आफ्ना करीब ३ लाख ग्राहकहरुलाई उच्चस्तरीय, आधुनिक एवं नविनतम प्रविधिहरुसहितको सुरक्षित बैंकिङ्ग सेवा प्रदान गर्दै आइरहेको छ।

 

बारेमा प्रदिप नेपाल

यॊ पनि हेर्नुहॊस

राष्ट्रिय वाणिज्य बैंकले ल्यायो सातै प्रदेशमा ‘प्रदेश विशेष कृषि कर्जा’ योजना

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले नेपाली कृषि क्षेत्रको प्रवर्द्धन गर्दै सातै प्रदेशमा लागू हुने ‘प्रदेश …

प्रतिकृया दिनुहॊस