प्रतिज्ञा पत्र सार्वजनिक गर्दै शेखरले भने- विवेकको मत प्रयोग गर्दै नयाँ नेतृत्व चयन गर्नुस्

काठमाडौँ । नेपाली कांग्रेसको सभापतिमा उम्मेदवारी दिएका डा. शेखर कोइरालाले विवेकको मत प्रयोग गर्न आग्रह गरेका छन् । प्रतिज्ञा पत्र सार्वजनिक गर्दै उनले विवेकको मत प्रयोग गर्दै नयाँ नेतृत्व चयन गर्न आग्रह गरेका हुन् ।

देशको भविष्य कांग्रेसको हातमा रहेको उल्लेख गर्दै डा. कोइरालाले नेतृत्व चयनमा विवेकको मत प्रयोग गर्न मतदाता समक्ष आग्रह गरे । समाजको रूपान्तरणका लागि पनि कांग्रेसलाई नयाँ नेतृत्व चाहिएको उनको भनाई छ ।

नेपाली कांग्रेसको जारी १४औँ महाधिवेशन अन्तर्गत नेतृत्व चयनका लागि भोलि मतदान हुँदै छ । केन्द्रीय कार्यसमितिमा पुग्नका लागि ५ सय ४८ जना चुनावी मैदानमा उत्रिएका छन् । सभापतिदेखि केन्द्रीय सदस्यसम्म १ सय ३४ पदका लागि उनीहरूले शनिबार मनोनयन दर्ता गरेका हुन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

पत्रकार महासंघको निर्वाचन मंसिर २८ मा

काठमाडौं । नेपाल पत्रकार महासङ्घको प्रदेश तथा जिल्ला अध्यक्षहरूको राष्ट्रिय भेला मध्यपुरथिमिको बोडेमा गएराति सम्पन्न …

प्रतिकृया दिनुहॊस