‘स्मार्ट बनौं, डिजिटल बैंकिङ्ग गरौं’ अभियानलाई आत्मसाथ गर्दै सनराइज बैंकले आफ्ना ग्राहक वर्गको सुविधाको लागि नविनतम् सुविधा युक्त अनलाइन प्लाटफर्म ‘सनराइज केयर’ सार्वजनिक गरेको छ।
यस सनराइज केयर प्लाटफर्म मार्फत सम्पूर्ण ग्राहक वर्गहरुले बैंकिङ्ग सम्बन्धी बिभिन्न सेवाहरु बैंक नगई अनलाइन मार्फत नै लिन सक्नेछन्। सनराइज केयर बिभिन्न बैंकिङ्ग सुविधाहरु एकै ठाँउमा संकलित अत्याधुनिक अनलाइन प्लाटफर्म हो जस मार्फत ग्राहक वर्गहरुले डेबिट कार्डको Online account opening, PIN re-issue Green PIN Change, Ecommerce Update, Credit Card Statement, EMI Request, Payment Option Change, Mobile Banking Block/Unblock तथा अन्य धेरै सेवाहरुसँग सम्बन्धित आवेदनहरु अनलाइन मार्फत नै दिन सकिनेछ । यसका लागि सनराइज केयरको पोर्टल https://care.sunrisebank.com.np मा गई आफ्नो खाता नम्बर र आधिकारिक मोबाइल नम्बर राखी सहजै आवेदन गर्न सकिने छ।
डिजिटल प्रविधिको उपयोगसँगै वर्तमान कोभिड १९ को परिप्रेक्षमा ग्राहक वर्गको स्वास्थ्य सुरक्षालाई मध्यनजर गर्दै यस बैंकले आफ्ना ग्राहक वर्गको सहजता र सुरक्षाको हेतु एक नविन अनलाइन बैंकिङ्ग प्लाटफर्म उपलब्ध गराएको हो। आगामी दिनहरुमा यस सनराइज केयरमा अन्य बैंकिङ्ग सेवाहरु पनि थप गरि यस प्लाटफर्मलाई अत्याधुनिक प्रविधियुक्त र प्रभावकारी बनाउँदै लैजाने बैंकको उद्देश्य रहेको छ।
सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पुर्याउने उद्देश्यले बैंकले १,५०० भन्दा बढि पोइन्ट अफ सेल मर्चेन्ट नेटवर्क, १६० एटिएम, १३९ बटा शाखाहरु, १२ एक्सटेन्सन काउण्टर, ८१ वटा शाखारहित बैंकिङ्ग सेवा मार्फत सेवा प्रदान गर्दै आएको यस सनराइज बैंक कार्ड पेमेन्ट क्षेत्रमा पनि अग्रणी बैंक हो । यस अनलाइन प्लाटफर्मले आफ्ना सम्पूर्ण ग्राहकलाई थप लाभान्वित बनाउने आशा बैंकले लिएको छ।



